काठमाडौं / भारतको राजस्थानको भिलवाडा जिल्लामा घरबाहिर खेल्दै गरेका एक पाँच वर्षीय बालकलाई कुकुरले आक्रमण गर्दा अनुहारमा गम्भीर चोट लागेको छ । भिलवाडाको कालुखेडा गाउँका बालकलाई कुकुरले २० देखि २५ सेकेन्ड भित्र नै गम्भीर घाइते बनाएको हो ।

उपचारका लागि नजिकैको अस्पतालमा लगिएको उनलाई  १ सयवटा टाँका लगाउनुपरेको थियो । बालको आँखा, नाक र ओठ मिलाएर शल्यक्रिया गर्न चिकित्सकलाई डेढ घण्टा समय लागेको थियो ।

OM Sai Pathibhara Hospital

उनको नाक र टाउकोको छाला मर्मत गर्नु परेको डाक्टरले बताएका छन् । डाक्टर राजेश जैनले बालकको अनुहारको छाला कुकुरले टोकेको र अहिले भने बालक खतरामुक्त रहेको बताएका छन् ।

शल्यक्रिया गरेर टाउकोको छाला घुमाएर अगाडिको टाउकोमा लगाइ नाकको छाला पूरै मर्मत गरिएको डाक्टर जैनले बताएका छन् । नाकलाई मौलिक आकारमा ल्याउने प्रयास गरिएको र हाल बालकलाई आईसीयूमा राखिएको छ भने उनको अवस्था खतरामुक्त रहेको छ ।‍