काठमाडौँश्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । 

प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघि जस्तो छाप नलगाइने भएको छ ।

आज बुधबारदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ । 

पछिल्लो समय श्रमिकले अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने र स्टिकर पनि इमेल वा मोबाइलमा एसएमएसमार्फत प्राप्त हुन्छ । यसरी प्राप्त ई –स्टिकर सिधै रोजगारीमा जाने दिन विमानस्थलमा श्रम डेस्कमा देखाए पुग्छ ।