काठमाडौं / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा खट्न निर्देशन दिएका छन् । मंगलबार सानेपामा बसेको केन्द्रीय सदस्यहरूको बैठकमा  कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न देउवाले निर्देशन दिएका हुन् ।

देउवाले घरदैलो अभियान सञ्चालनमा क्रियाशील हुन आवश्यक निर्देशन दिएको कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले कांग्रेसले मात्रै जनता र देशका लागि इमानदारीपूर्वक काम गर्ने प्रभाव मुलुकभर परेको दाबी गरेका छन् ।

OM Sai Pathibhara Hospital

कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय समेत गरिसकेको छ ।