काठमाडौं / नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणाम अनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रौनियार, पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सैजुवाल श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् ।
महासचिवमा जनकबहादुर रावल, उपमहासचिव इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भूपेन्द्र अधिकारी, जनजाति सचिव शान्तराज राई, मधेसी सचिव चिन्तन आचार्य र कोषाध्यक्ष प्रयास घिमिरे निर्वाचित भएका छन् । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने समेत युनियनले जनाएको छ ।