बिर्तामोड \ पोखरामा जनता समाजवादी पार्टी (जसपा) का ९ केन्द्रीय सदस्य सहित ४ सयजनाभन्दा बढी नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

OM Sai Pathibhara Hospital

केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए । कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासङ्घका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन् ।

त्यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भ्रातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्य सहित ४ सयजना एमालेमा प्रवेश गरेका हुन् ।