बिर्तामोड / नेकपा एमालेबाट २०७४ को स्थानीय तह चुनाव जितेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

अध्यक्ष क्षेत्रीले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् ।

OM Sai Pathibhara Hospital

सिन्धुपाल्चोक एमालेका नेताहरू कृष्ण क्षेत्री , सुवास कर्माचार्य लगायतले पनि कांग्रेस प्रवेश गरेका छन । एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी रहेका अध्यक्ष क्षेत्रीलाई एमालेले अध्यक्ष नबनाएपछि उनी असन्तुष्ट भएका थिए ।