काठमाडौं / चाँगुनारायण नगरपालिका–७ बागरेमा घाँटी काटिएको मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक महिला करिब २८ वर्षकी जेनिसा नगरकोटी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले बताएका छन् ।
समयदेखि चाँगुनारायणमा बस्दै आएकी मृतक महिलाको स्थायी घर काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ मा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक नगरकोटीको घाँटीमा चोट देखिएकाले हत्या भएको देखिएको डीएसपी पाण्डेले बताएका छन् । मृतकको शव पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको छ भने यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत पाण्डेले जानकारी दिएका छन् ।