काठमाडौं / ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरेर आज मनाइँदैछ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गदै विश्वभर आज महिला दिवस मनाउने प्रचलन रहेको छ ।

OM Sai Pathibhara Hospital

राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

१९०९ फेब्रुअरी २८ मा मनाइएको नारी दिवस महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ ।  संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदुरहरूको विद्रोहको सम्झनामा पहिलोपटक यस दिवसको आयोजना गरेको थियो ।

१९१० मा महिलाहरूका लागि मत हाल्ने अधिकार तथा १९१७ मा रसियाका महिलाहरूले गाँस र कपासको लागि गरेको ऐतिहासिक हडताललाई सफल पार्दै यो दिनलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । 

हालका दिनहरूमा त्यही दिनको स्मरणमा संसार भरका विभिन्न महिला समूहद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् । यो अहिले मार्च महिना भरी नै मनाउने प्रचलन समेत रहेको छ । 

त्यसैगरी सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यो दिवस सन् २०२२ मा मनाइँदैछ ।