काठमाडौं / काठमाडौंमा ‘सुसाइड’ नोट लेखेर एकै परिवारका पाँचजनाले आत्महत्याको प्रयास गरेका छन् ।  काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ बेहोस अवस्थामा फेला परेका एकै परिवारका पाँचजनामध्ये एकको मृत्यु भएको छ ।

भाडाको फ्ल्याटमा बस्दै आएका उनीहरूको  बारेमा विस्तृत विवरण राति भइसकेकाले संकलन गर्न कठिन भएको  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको छ भने श्रीमानश्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका छन् । बेहोस अवस्थामा रहेका चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । 

घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरूले आत्महत्याको प्रयास गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा अनुमान लगाइएको छ । 

घटनास्थलबाट प्रहरीले बरामद गरेको  ‘सुसाइड’ नोटमा उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका पाइएको छ । आर्थिक सङ्कटमा परेर उनीहरूले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भन विस्तृत अध्ययन र थप अनुसन्धान जारी रहेको गिरिले बताएका छन् ।