झापा / काठमाडौंबाट प्रहरीले बैंकिङ कसूरमा एक जनालाई पक्राउ गरेको छ ।
बारा पचरौता नगरपालिका - ८ घर भई महाराजगञ्ज बस्दै आएका ५३ वर्षीय रामएकवाल चौधरीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
चौधरीलाई पाटन उच्च अदालतले गत वर्षको फागुन २१ गते ८ लाख ७५ हजार र ४ दिन कैद तोकेको प्रहरी उपरीक्षक कोइरालाले बताए । अदालतको फैसलापछि चौधरी फरार थिए ।
प्रहरीले फैसला कार्यान्वयन लागि सोमबार काठमाडौं जिल्ला अदालत पठाएको छ ।