काठमाडौं / मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नेपाली कांग्रेसले नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।

चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउन पुस्तिकासहित भिडिओ पनि बनाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।  देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर(घरमा पुस्तिका पुर्‍याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ ।

OM Sai Pathibhara Hospital

फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने शर्माले जानकारी दिएका छन् ।