झापा / कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको कलुवापुर- बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका -१२ कालागौडीमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

आइतबार राति से ४ प ८९४५ नम्बरको मोटरसाइकललाई सु प प्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ । वेदकोट नगरपालिका -१ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका -२ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।