झापा / नवजात शिशुको हत्या आरोपमा प्रहरीले चितवनबाट एक महिला पक्राउलाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा कालिका नगरपालिका-१० की २१ वर्षीय मञ्जु चेपाङ छिन् ।
गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका-१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुलेको छ ।
चेपाङलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।