काठमाडौं  / ललितपुरमा शिशुसहित एकै परिवारका पाँच जना मृत  भेटिएका छन् । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार घटनास्थलमा विषको जस्तो बट्टा भेटिएको छ भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।