काठमाडौं / प्रहरीले काठमाडौंको बाफलबाट १ एक करोड ५० लाख नगदसहित  हुन्डी कारोबारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई महाशाखाको टोलीले काठमाडौंको ताहाचलबाट श्रोत नखुलेको १ एक करोड ५० लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु अवैध हुन्डी कारोबारी भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताएका छन् ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा भारतको सिलिगुडी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौँको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै आएका बिक्की खड्गी रहेका छन ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि बरामद रकम सहित राजश्व अनुसन्धान विभाग पठाइने महाशाखाले जनाएको छ ।