झापा / पाँचथरमा खोले पकाउने अँगेनोमा पसेर एकजनाको मृत्यु भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका ८ का ५० वर्षीय मणिकुमार माङमुको आगोले जलेर ज्यान गएको हो । स्थानीय लालकुमार तामाङकी छोरीको बिहेको निम्तो मान्न गएका माङमुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाईको खोले पकाउने अँगेनोमा पसेका उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी के-कसरी अँगेनोमा पसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।