काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार (भोलि) विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला झापा आउँने भएका छन् ।
भद्रपुर विमानस्थल हुँदै आउने ओली झापा आए लगत्तै तिनै सहिदहरुको स्मृतिमा अर्जुनधारामा निर्माण गरिएको सहिद पार्क पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यतालिका रहेको छ । झापा विद्रोहका क्रममा तत्कालीन विद्रोही मालेका शीर्ष पाँच नेताको हत्या भएको दिन फागुन २१ गते पारेर उनी आउन लागेका हुन् । यस दिनलाई एमालेले सुखानी सहिद दिवसको रुपमा मनाउने गरेको छ ।
यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं ५ मा पर्ने कमल गाउँपालिका आउने छन् । त्यहाँ उनले रतुवा र मावा खोलाका विभिन्न स्थानमा गरिने तटबन्धन तथा बाँध निर्माणको संयुक्त शिलान्यास गर्ने छन् ।
ओलीले शनिबार नै प्रेस चौतारी प्रदेश १ को अधिवेशन तथा नेपाल खेलकुद महासङ्घको प्रदेश स्तरीय कार्यक्रमलाई बिर्तामोडमा सम्बोधन गर्नेछन् । यसैगरी शनिबार नै उनले झापा गोल्डकपको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको ओलीको गृहजिल्ला भ्रमणको संयोजनमा खटिएका होमबहादुर थापाले जानकारी दिएका छन्