झापा / नवलपुरको देवचुली नगरपालिका –१४ मा आज बिहान भएको बस दुर्घटनामा परेर १४ जना घाईते भएका छन् ।

घाइतेमध्ये ७ जनालाई भरतपुर पठाइएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको गिरीले बताए ।