झापा / नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका -४ की २० वर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन् ।
कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।
आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।