झापा / सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार सहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि सुर्खेतमा कर्फ्यु लगाइएको छ । तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने दुई जना सर्वसाधारण पनि घाइते भएका छन् । प्रशासनले सोमबार राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
प्रदर्शनकारीले सोमबार सुर्खेतस्थित एमालेको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । उनीहरूले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।