बिर्तामोड / ताप्लेजुङमा किशोरीको बलात्कारपछि हत्या गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतले पाँच महिना अघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसुरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई उक्त सजाय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष र करणी कसुरमा ११ वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई रु तीन लाख क्षतिपूर्ति भराउन आदेश भएको छ । कार्कीले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङमा डेरा गरी बस्ने १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको गत असोज ८ गते करणीपछि हत्या गरेको अदालतले ठह¥याएको छ ।
आफूहरुबीच आठ÷नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत रहेको र विवाहको प्रसङ्गमा विवाद भएपछि सुरुमा करणी गरेको र त्यसपछि भीरमा धकेलेर लडाएको साथै विषसमेत खुवाएर हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् ।
घटनाको दुई दिनपछि किशोरीको शव निगाले भीरमा फेला परेको थियो । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा घटनाको तीन दिनपछि कार्कीलाई पक्राउ गरिएको थियो ।