झापा / जिल्ला प्रहरी कार्यालय धनुषाले पछिल्लो साढे एक महिनामा ९ वटा बालविवाह रोकेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार माघ १२ गतेदेखि फागुन १५ सम्म विभिन्न गाउँपालिकामा हुन लागेका ९ बालविवाह रोकिएको हो ।
अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूह लगायतसँगको समन्वयमा बालविवाह रोकिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताएकाछन् ।