बिर्तामोड / धरान १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेस्ट हाउसमा एक महिलाको शव फेला परेको छ । 

होटलमा दुई दिनदेखि बसिरहेका महिलाको शव भेटिएको हो । कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

OM Sai Pathibhara Hospital

डीएसपी नरेन्द्र कुँवरका अनुसार महिलाको शव भेटिएको र उनको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको बताए । आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने उनले बताए ।

 होटल सञ्चालक सुशील जिमीका अनुसार २ दिनदेखि महिला र एक पुरुष होटलमा बसेका थिए । आज बिहान सफा गर्न कर्मचारी गएका थिए । त्यसक्रममा कोठामा चुकुल नलगाएको कारण कोठा खोलिएको र महिलाको शव भेटिएको उनले जानकारी दिए ।