बिर्तामोड / झापामा सार्वजनिक यातायातका साधनलाई अवरोध पुर्‍याउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा टायर बाल्न खोज्ने अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का राजकुमार बस्नेत पक्राउ परेका छन् ।

OM Sai Pathibhara Hospital

उनलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ ।

यस्तै, बिर्तामोडको मुक्ति चोकमा सार्वजनिक यातायातका साधन रोक्न खोज्ने दुई जनालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बालकृष्ण बुढाथोकी र मेची नगरपालिका वडा नम्बर १२ बस्ने रविन लिम्बूलाई  प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।