बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ वर्षीया शिवमाया दाहाल रहेकी छन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र। १ - ०१-०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका १ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।