बिर्तामोड / मोरङको जहदा गाउपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ । हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडि धाराको पानी जमेको खाल्डोमा डुबी बेहोस अवस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।