बिर्तामोड / सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका -५ कि ३८ वर्षीया निर्मला उराव रहेकी छिन । हिजो बेलुकी सवा ४ बजे  प्रदेश २-०१-००१ झ ००२८ नम्बरको एम्बुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकी उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।