झापा / बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु भएको छ ।

घाँस – दाउराका लागि जङ्गल गएका राप्ती सोनारी गाउँपालिका –६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

बिहान ८ बजे चलाउनेलाई बाघले आक्रमण गरेको खबरपछि प्रहरी टोली घटनास्थल गएको र १० बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।