काठमाडौं  /आज न्याय सेवा आयोगको बैठक आज बस्ने भएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर कागजी प्रक्रिया पुर्‍याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।

OM Sai Pathibhara Hospital

आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरूको नाम सिफारिस, कर्मचारीहरूको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले बताएको छ ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन् ।