काठमाडौं  / प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालत पाटन ललितपुर फैसलाले बैंकिङ कसूरमा ७ लाख रुपैयाँ जरिवाना तोकिई फरार रहेका धादिङ जिल्ला साविक चैनपुर गाविस  १ घर भई हाल कामनपा -२६ बस्ने ४३ वर्षीय रमेश बहादुर पाठकलाई सोह्रखुट्टेबाट शुक्रवार पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको प्रहरीले बताएको छ ।