बिर्तामोड / सुनसरीको धरान उप-महानगरपालिका-५ बाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २८ वर्षीय सुवास राई रहेका छन । हिजो राती ११ बजे  लागूऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतलासी गर्दा स्पासपेन ७४२ ट्यावलेट, ट्रमाडोल ७१४ क्याप्सुलटापेन ४० ट्याबलेट गरी जम्मा १४९६ ट्याबलेट तथा क्याप्सुल बरामद गरेको हो । निषेधित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।