काठमाडौं / काठमाडौंको नयाँ बानेश्वर यतिबेला तनावग्रस्त बनेको छ । हाल ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
बिभिन्न पार्टीहरूले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम गर्दे नारा जुलुस तथा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
एमसीसीको विरोध जनाउदै सडकमै सुत्ने तथा गो ब्याग एमसीसी, एमसीसी चाइदैन देश बेच्न पाइदैन्, भन्ने नारा लगाउँदै ठुलो सङ्ख्यामा प्रदर्शनकारी संसद् भवन अगाडि विरोधमा छन् ।
उनीहरूले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरू गरेका हुन् ।
बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मी बीच झडप भएको थियो ।