रसुवा / रसुवाको गोसाईकुण्ड गाँउपालिका– १ एकमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । कम्पनीका अनुसार आयोजनाका इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । कोरोना भाइरसको संक्रमणले इलेक्ट्रोमेकानिकल तर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।
सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम आगामी चैत महिनाभित्र सम्पन्न गर्ने गरि काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याजबाहेक १६ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ लागत अनुमान गरिएको रसुवागढी जलविद्युत कम्पनीले जनाएको छ ।