काठमाडौँ / लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले ११ गोल गरे ।

यो सँगै लिभरपुलले तीन अङ्क जोडेको छ । 
दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो  । रोबर्टोले खेलको ७५ औं मिनेटमा गोल गरे । ८३ औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । 
अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।