काठमाडौँ / ब्राजिलमा भारी वर्षा र त्यसपछिको पहिरोका कारण रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएका छन ।

स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

विपद्का कारण ५४ घर ध्वस्त भएका छन् । त्यसैगरी जी १ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ ।

ब्राजिलमा मङ्गलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिएका छन् ।