बिर्तामोड  / झापामा बन्द गराउन खोज्ने चार जना बन्दकर्ता पक्राउ परेको झापाका प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना रहेका छन् ।

पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाठकले बताए ।

OM Sai Pathibhara Hospital

कनकाईको दुर्गापुरबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना र काँकडभिट्टाको काली खोलाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए ।
कालीखोलाबाट विप्लवका दुई जना कार्यकर्ता पक्राउ परेकोमा एक जना बिरामी भएकाले छोडिएको डीएसपी पाठकले जानकारी दिए ।