झापा / काठमाण्डौबाट सर्लाही जाँदै गरेको हायसमा तीन - चार जनाको समुहले तोडफोड गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिएका छन ।
हायसमा १० जना यात्रु सवार भएको उनले बताए । अज्ञात व्यक्तिहरूले गरेको ढुंगा प्रहारबाट अगाडिको सिसा फुटेको उनले बताए । उनीहरूले अन्य सवारी साधनमा समेत तोडफोडको प्रयास गरेको उनको भनाइ छ ।
तोडफोड गर्नेको खोजी भइरहेको र कानुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
एमसिसी सम्झौता विरुद्ध पाँच वटा कम्युनिष्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले नै गाडी तोडफोड गरेको आशंका गरिएको छ ।