झापा / महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा जबरजस्ती बन्द गराउँदै हिँड्ने २५ बन्दकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् ।