बिर्तामोड / मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गङ्गा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।
हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए ।
चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो ।
हत्या गर्ने गङ्गा प्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाएको छ