बिर्तामोड / झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरीरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतकलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।