झापा / जनकपुरमा प्राकिङमा राखिएको रेलले आजदेखि ड्राइ रन गर्दैछ ।
रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार चाकललाई अभ्यस्त पार्न र खराबी परीक्षणको लागि आजदेखि १४ फागुनसम्म खाली रेल कुद्नेछ ।
रेल खाली भए पनि प्रकिया भने सबै पूरा गरिने छ । अर्थात् तोकिएको समयअनुसार रोकिने ठाउँमा रोकिने छ भने ढोका खुल्ने तथा बन्द हुने सबै काम गरिने छ ।
इनरुवाबाट आउने रेल जनकपुर स्टेसनमा केही समय रोकिएर कुर्थाका लागि जानेछ । आजदेखि रेलको परीक्षण सुरु हुने र १५ फागुनपछि यात्रुले चढ्न पाउने महाप्रबन्धक झाले जानकारी दिए ।