बिर्तामोड / झापाको शिवसतासी नगरपालिका -१ स्थित सडकको नालीमा डुबी एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुश श्रेष्ठ रहेका छन । हिजो बिहान  साढे ९ बजे  घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबी रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।