बिर्तामोड / जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको शनिबार बिहान आफ्नै निजी निवास इलाम नगरपालिका –५, बरबोटेमा निधन भएको हो ।

उनको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उनको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ ।

OM Sai Pathibhara Hospital

उनका पाँच छोरा र दुई छोरी छन् । उनी वृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।