झापा / सर्लाहीको हरिपुर नगरपालिका -९ पिडारीमा रहेको पानी फ्याक्ट्रीमा आगलागी हुदाँ लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
विद्युतको तार सर्ट भई आगलागी हुदाँ पानी फ्याक्ट्रीमा रहेको ३ वटा मेसिन र नगद जलेर खरानी बनेको छ । ३ वटा मेसिनको अनुमानित मूल्य २० लाख नगद ३ लाख ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीमा परि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा ३० मिनेटपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।