काठमाडौं / नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
गत पुस २३ गते दरबन्दी थप सम्बन्धी प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।
प्रहरीमा हाल प्रशासनतर्फ एआईजीका पाँच वटा दरबन्दी छन् । महानगरीय प्रहरी कार्यालय, अपराध अनुसन्धान विभाग, मानव स्रोत एवं प्रशासन विभाग, कार्य विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजीको दरबन्दी रहेको छ ।
दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका दरबन्दी ८ पुगेको छ ।