अधिकृत विश्वराज पण्डित माथि मोसो दलेर फरार रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता भजनी नगरपालिका –९ का ३९ वर्षीय पहल पुनमगरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
पुन मगरलाई बुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
गत माघ १७ गते विप्लवका कार्यकर्ताको समूहले वन अधिकृत पण्डितलाई चन्दा आतङ्कको विरोध गरेको आरोपमा कार्यालयमै मोसो दलेको थियो ।
पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
उनले मोसो दलिएको आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै समाज रूपान्तरणको खुला बहसमा आउन चुनौतीसमेत दिएका थिए ।