काठमाडौं / कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ । करिडोर अन्तर्गत बेनी–जोमसोम खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी फागुन १ गतेदेखि फागुन १५ गतेसम्म सडक दैनिक ६ घण्टा बन्द गरिने छ । काभ्रे र बाँदरजुङको कडा चट्टानलाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने जनाइएको छ ।