काठमाडौं / ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको शव फेला परेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिएका छन् ।
भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।