काठमाडौं / महानगरपालिका –१६ बालाजुबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका –३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन्। उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारि पक्राउ गरेको हो ।