बिर्तामोड / प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगर सहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् ।
उनीहरूलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरूको साथबाट ती अवैध लागूऔषध बरामद भएको थियो ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।